२०८१ जेठ ८ , मंगलबार

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ

सुनाखरी न्युज/ काठमाडौं – जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता श्यामकुमार महतोले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी संखुवासभास्थित मकालु गाउँपालिका–१ बस्ने ४० वर्षीय मिङ्तेम्बा शेर्पालाई पक्राउ गरेको जानकारी दिनुभयो ।

 

केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले शेर्पालाई सोमबार काठमाडौंको इचुङ्गुनारायण ठूलोभरेयाङ्गबाट पक्राउ परिएको प्रवक्ता महतोले जानकारी दिनुभयो । पक्राउ परेका शेर्पालाई मंगलबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको समेत उहाँले बताउनुभयो ।

 

जबरजस्ती करणी मुद्दामा पक्राउ परेका शेर्पालाई संखुवासभा जिल्ला अदालतले २०६१ चैत १० गते पाँच वर्ष कैद फैसला भएको थियो । साथै पीडित महिलले प्रतिवालीको अंश भागबाट आधा पाउने फैसला समेत अदालतले गरेको थियो ।