२०८१ जेठ ४ , शुक्रवार

कांग्रेस संसदीय दलको बैठकः एमसीसी पारित गर्न आहवान

सुनाखरी न्युज/ काठमाडौं – सत्तारुढ नेपाली कांग्रेस संसदीय दलले एमसीसी पारित गर्न संसदमा रहेका राजनीतिक दलहरुलाई आहवान गरेको छ ।

 

संसदीय दलको मंगलबार बसेको बैठकले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदबाट अनुमोदन गरेर संसदमा दर्ता गराएको एमसीसी सम्बन्धी प्रस्ताव पारित गर्न आहवान गरेको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिनुभयो । थापाले केपी शर्मा ओली सरकारले २०७५ माघ २५ गते मन्त्रिपरिषदबाट अनुमोदनका लागि निर्णय गरेकाले एमालेले पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

कांग्रेसले महाअभियोग उपयुक्त समयमा आएकाले राजनीतिक दलहरुबाट सहयोग हुने विश्वास लिएको छ । बैठकमा संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बस्ने बैठकमा एमसीसी टेबुल हुने बताउनुभएको थियो । प्रधानमन्त्रीले आफूले सभामुखलाई टेलिफोन गरेर एमसीसी टेबुल गर्न भनेको जानकारी दिनुभयो ।