२०८१ बैशाख २७ , बिहिवार

यती ब्रुअरीले सार्वजनिक गर्यो यती ब्लन्ड–प्रिमियम क्राफ्ट बियर

सुनाखरी न्युज/ काठमाडौं – यती ब्रुअरी कम्पनीले नयाँ बियर यती ब्लन्ड सार्वजनिक गरेको छ।‘स्पिरिट अफ द माउन्टेन्स’ स्लोगन बोकेको यस नौलो उत्पादन एक प्रिमियम क्राफ्ट बियर हो।

 

बियर उत्साहीहरुलाई लक्षित गरिएको यती ब्लन्ड बियरले हिमाली आभास झल्काउने र नेपालको क्राफ्ट बियर उद्योगमा नौलो फड्को ल्याउने कम्पनीको उद्देश्य रहेको छ। कम्पनीका अनुसार यो क्राफ्ट बियर उत्कृष्ट हप्स, माल्टेड जौ, यिस्ट र प्राकृतिक हिमाली पानीबाट तयार परिएको छ।

यती ब्लन्ड प्रिमियम क्राफ्ट बियरमा अल्कोहलको मात्रा ५.२५ रहेको छ। यती ब्लण्ड प्रिमियम क्राफ्ट बियर, पुल–अफ क्यापसहित ३३० मि.लि. र ६५० मि.लि.को बोतलमा उपलब्ध छन्। जसको आकर्षक मूल्य क्रमशः रु. १८० र रु. ३५० रहेको छ।