२०८१ जेठ ४ , शुक्रवार

सहकारी बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

सुनाखरी न्युज/ काठमाडौं – राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज सूचना प्रकाशित गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

फागुन महिनाबाट लागू हुने गरी बचत खातामा ४.५० देखि ८.५० प्रतिशत, बैंकले मुद्दती निक्षेपमा १०.७५ देखि १३.५० प्रतिशतसम्म ब्याज दिने भएको हो । त्यस्तै कर्जातर्फ ९ देखि १२.७५ प्रतिशतसम्म ब्याज लिने सूचनामा उल्लेख छ ।