२०८१ बैशाख २७ , बिहिवार

सुबिसुको ‘सुपर रफ्तार अफर’इन्टरनेटमा अब नो बफर

सुनाखरी न्युज/ काठमाडौं – नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले सेवाग्राहीको निम्ति सुपर रफ्तार अफर ल्याएको छ । यस अफर अन्तर्गत सेवाग्राहीले ६५० एमबीपिएस सम्मको उच्चगतिको इन्टरनेटको लाभ उठाउन सक्नुहुनेछ ।

 

इन्टरनेटको बढ्दो माग र उच्चस्तरीय सेवालाई पुर्णरुप दिनकम्पनीले यस अफर ल्याइएको जनाएको छ । आफनो आवश्यक्ताअनुरुप सेवाग्राहीले उच्चगतिको इन्टरनेट सेवा अब न्युनतम मुल्यमा प्राप्त गर्नुहुने छ । ६५० एमबीपिएसको इन्टरनेटको साथमा ४ वटा क्लीयर टिभी सब्सकृप्सनको वार्षिक सेवामात्र रु १७७० प्रतिमहिनामा प्राप्त गर्नुहुने छ । सर्त तथा नियमहरु लागु हुनेछ ।

सुबिसुका बारेमा
सुबिसु केबलनेटलि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs), व्यानएथर्नेट (WAN Ethernet), होलसेल आइ.पि ट्रान्जिट (Wholesale IP Transit),एम.भि.पि (MVP),डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

 

Clear TV का बारेमा
Clear TV, सुबिसु केबलनेट. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायककम्पनीको उत्पादनहो । यो नेपालको पहिलो Digital Cable Television सेवा हो जसले MPEG4 Standard Definition र High Definition channels केबल मार्फत, Conditional Access System(CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गर्दछ ।