२०८१ बैशाख २७ , बिहिवार

नेपाल इन्टरनेट फाउन्डेसनले विविध जनचेतामूलक कार्यक्रम आयोजना गरी मनायो सुरक्षित इन्टरनेट दिवस

सुनाखरी न्युज/ काठमाडौं – नेपाल इन्टरनेट फाउन्डेसनले पनिसुरक्षित इन्टरनेट दिवस मनाएको छ । विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी फाउन्डेसनले सुरक्षित इन्टरनेट दिवस मनाएको हो ।

 

फाउन्डेसनले फेब्रुअरी ८ अर्थात सुरक्षित इन्टरनेट दिवसको दिन भर्चुअल कार्यक्रम “राम्रोइन्टरनेटकोलागिहातेमालो”सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा धेरै विद्यार्थी र पालनपोषण गृहका संस्थापक बैठकमा उपस्थित भएका थिए । सुरक्षित इन्टरनेट दिवसको अवसरमा जेसीआईबुद्धनिलकण्ठका अध्यक्ष प्रदीप धमलाले स्वागत मन्तव्य राखेका थिए ।कार्यक्रममा कास ट्रेडिङका महाप्रबन्धक तथा संस्थापक निर्देशक प्रमुख वक्ता भूषण रत्न बज्राचार्यले सुरक्षित इन्टरनेट प्रयोगको बारेमा प्रशिक्षण दिएका थिए । त्यस्तै वर्ल्डलिंक मार्केटिङ म्यानेजर तेन्जिन चोग्यालले बालबालिकालाई अनावश्यक सामग्रीबाट जोगाउन र बालबालिकालाई सुरक्षित राख्न वर्ल्डलिंकका सुविधाबारे रसेफनेटकोप्रयोगगर्नेतरिकप्रस्तुती दिएका थिए ।

कार्यक्रमको अन्त्यमा नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष विक्रम श्रेष्ठले आफ्नो समापन मन्तव्य राख्दै सुरक्षित इन्टरनेट दिवसको पोस्टर प्रस्तुत गरेका थिए । सुरक्षित इन्टरनेट दिवसकै अवसरमा फेब्रुअरी ११ मा नेपाल इन्टरनेट फाउण्डेशनले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाल कृष्ण श्रेष्ठ र वडा प्रतिनिधिलाई पोस्टर वितरण गरी कार्यक्रम बारे छलफल गरेको छ । त्यस्तै १२ फेब्रुअरीमा फाउन्डेसनले सुरक्षित इन्टरनेट दिवस २०२२ को अवसरमा शनिबार बुढानीलकण्ठ नगरपालिकाका तीन वटा बाल आश्रम पालनपोषण गृहमा सन्देशमुलकपोस्टर विमोचन गरेको छ । कार्यक्रमको मुख्य उद्देश्य बालबालिकालाई इन्टरनेटमा के गर्ने र के नगर्ने भनेर जनचेतना र सचेत गराउनु रहेको छ । वर्ल्डलिंक कम्युनिकेसनको सहकार्यमा नेपाल इन्टरनेट फाउन्डेसनले बुढानिलकण्ठ नगरपालिकाका ३७ वटा बाल आश्रममा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।

 

त्यसैगरी फाउनडेसनले ३ वटा संस्थामा सुरक्षित इन्टरनेट बारे पोष्टर वितरण गर्दै सुरक्षित इन्टरनेटको प्रयोग बारे जानकारी पनि दिएको छ । एकता बालबालिका विकास केन्द्रका संस्थापक भानु शर्मालाई नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष विक्रम श्रेष्ठले सुरक्षित इन्टरनेटको बारेमा आफ्नो ज्ञान व्यक्त गर्दै इन्टरनेट सेवाबाट हुने अपराध र त्यसको समाधानका बारेमा जानकारी दिँदै पोस्टर हस्तान्तरण गरेका थिए । केन्द्रमा १४ जना बालिकाले शिक्षा लिइरहेका छन् । यस्तै बाल अपाङ्ग टेवा संघका संस्थापक डेन्डी शेर्पालाई पनि नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष विक्रम श्रेष्ठले सुरक्षित इन्टरनेटको बारेमा आफ्नो ज्ञानरसीपव्यक्त गर्दै इन्टरनेटको बारेमा आफ्नो अनुभव र सुरक्षित इन्टरनेट चलाउने बारे प्रशिक्षण दिएका थिए । संघले २२ जना अपाङ्गलाई शिक्षा तथा तालिम प्रदान गर्दै आएको छ ।

 

साथै पवित्र समाज सेवा नेपालकी संस्थापक दीक्षा चापागाईंलाई फाउन्डेसनका अध्यक्ष श्रेष्ठले पोष्टर हस्तान्तरण गरेका छन् ।पवित्र समाज सेवामा करिब ५० जना अनाथ तथा वृद्धवृद्धा रहेका छन् ।