२०८१ जेठ ३ , बिहिवार

कांग्रेस संसदीय दलकाे बैठक आज, मुख्य एजेण्डा महाभियाेग

सुनाखरी न्युज/ काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसकाे संसदीय दलको बैठक आज बस्दैछ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालका अनुसार बैठक बिहान ९ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।

 

आजकाे बैठकमा मुख्य एजेण्डा प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्ध गत आइतबार दर्ता भएकाे महाभियाेग प्रस्तावकाे समीक्षा र आगामी रणनीति रहेकाे छ । त्यसबाहेक पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनले बताइन् ।

गत आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । जबराविरुद्ध गलत समयमा महाभियाेग दर्ता भएकाे भन्दै प्रमुख प्रतिपक्षी एमाले आक्राेशित छ । एमाले संसदीय दलकाे बैठक साेमबार बसेकाे थियाे ।