२०८१ जेठ ३ , बिहिवार

कोरोना अपडेट : देशभर थप ७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्‍यु

सुनाखरी न्युज/ काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ६ सय ९६ नमुना परीक्षण गरिएको थियो ।

 

६ हजार २ सय ७९ नमुनाको पीसीआर परीक्षण गर्दा ४ सय ८२ र दुई हजार ४ सय १७ जनाको एन्टीजेन परीक्षण गर्दा २ सय ६५ गरी ७ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

 

७ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ । उक्त अबधिमा २ हजार ३ सय १९ जन संक्रमणमुक्त भएका छन् । हाल देशभर २० हजार ७ सय ३९ संक्रिय संक्रमित छन् । जसमध्‍ये १९ हजार ९ सय ३० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ८ सय ९ जना संस्थागत आइसोलेसनमा छन् ।