२०८१ बैशाख २९ , शनिवार

नेप्से सूचकांक शुन्य दशमलब ८ विन्दुले बढ्यो

सुनाखरी न्युज/ काठमाडौं – नेपाल स्टक एक्स्चेञ्ज( नेप्से)मा यो हप्ताको दोस्रो दिन सामान्य अंकले बढेको छ । सोमबार नेप्से सूचकांक शुन्य दशमलब ८ विन्दुले बढेर दुई हजार सात सय दशमलब ९८ विन्दुमा पुगेको छ । त्यस्तै, कारोबार रकम पनि तीन अर्ब ६८ करोड ४० लाख बराबरको कारोबार भएको छ ।

 

आइतबार नेप्से १०१.२४ अंकले घटेर दुई हजार सात सय दशमलब ३२ विन्दुमा झरेको थियो । त्यस्तै, आज ५ अर्ब ९७ करोड ७२ लाख बराबरको कारोबार भएको थियो । सोमबार बुद्धभूमि जलविद्युतको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ । त्यस्तै नेशनल हाइड्रोपवारको सबैभन्दा धेरै ५४ करोड ९१ लाख बराबरको शेयर कारोबार भएको छ ।