२०८१ जेठ २ , बुधवार

क्रिप्टो कारोबारी खोज्दै सीआईबी

सुनाखरी न्युज/ काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले क्रिप्टोको कारोबारमा संलग्नहरुको जानकारी भए उपलब्ध गराउन अपिल गरेको छ।

 

सीआईबीले एक विज्ञप्ति जारी गर्दै क्रिप्टोकरेन्टी, हाइपरफन्ड तथा डिजिटल नेटवर्किङको कारोबार संलग्नहरुका बारेमा जानकारी भएमा सूचित गर्न अपिल गरेको हो। नेपाल राष्ट्र बैंकले पटक–पटक सचेत गराएको भन्दै सीआईबीले यस्ता गैरकानुनी कार्यमा संलग्न भए कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ। ‘हाइपरफन्ड, डिजिटल नेटवर्किङ, भर्चुअल र क्रिप्टो करेन्सी कारोबार संलग्न नहुन र भएकाहरुबारे सूचना भए उपलब्ध गराउन अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।

 

हाइपरफन्ड, डिजिटल नेटवर्किङ, भर्चुअल र क्रिप्टोकरेन्सी कारोबार संलग्न भए गरेको पाइए कसुरको बिगो जफत गरी तीनगुणासम्म जरिवाना वा ३ वर्षसम्मको कैद सजाय हुने वा दुवै सजाय सीआईबीले स्पष्ट पारेको छ।