२०८३ भदौ २१ , आइतवार

हिउँ खेल्न गएका २ जना युवा मृत फेला

सुनाखरी न्युज/ गोरखा- हिउँ खेल्ने क्रममा वेपत्ता भएका गोरखा बारपाकका दुई किशोर मृत अवस्थामा फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ तिम्रा स्थित डाँडाको खोचमा हिजो उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ ।

 

हिउँ खेल्न भन्दै माघ २० गते बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर १ का साइला भन्ने सञ्जय घले र वडा नम्वर २ का करण घले लाप्राक गएका थिए । सोही दिनदेखि उनीहरु सम्पर्कविहीन थिए । २३ गते आफन्तले खोजी कार्यका लागी भन्दै प्रहरीमा निवदेन दिएपछि स्थानीयको सहयोगमा प्रहरीले खोजी कार्य शुरु गरेको थियो। खोजी गर्दै जाने क्रममा आइतबार साँझ करिव पाँच बजे उनीहरु मृत अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताउनुभयो ।

 

उनीहरुको शव खोचबाट बाहिर निकालिएको र थप अनुसन्धानका लागी जिल्लाबाट प्रहरी अधिकृत सहितको टोली पठाइएको उहाले जानकारी दिनुभयो ।