२०८१ बैशाख २७ , बिहिवार

ओपोद्वारा ए१६अन्तर्गत ४जीबी + ६४जीबीको नयाँ भ्यारियन्ट सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं – वैश्विक स्तरमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड, ओपोले नेपालमाआफ्नो लोकप्रियसिरिज, ए—सिरिज अन्तर्गत ए१६लाई ४जीबी + ६४जीबीको नयाँभ्यारियन्टमा सार्वजनिक गरेको छ ।

 

आकर्षक डिजाइनमा उच्चकार्य प्रदर्शनीक्षमता सहितको फोन उपलब्ध गराउने आफ्नो उद्देश्य अनुरुपओपो ए१६को निर्माण सक्रिय जीवन शैली भएका स्टाइलिश डिजाइन मनपराउने यूवालक्षितभई गरिएको छ । लामो समयसम्म टिक्ने ५ हजार एमएएच ब्याट्री सुसज्जित ओपो ए १६ मा आन्ददायी दृश्यानुभूतिका लागि ठूलो आकारको ६.५२ ईञ्चको एचडी+ आई केयर डिस्प्लेको प्रयोग गरिएको छ । साथै, सहजताका साथ गुणस्तरिय तस्विर कैद गर्न सकियोस् भन्ने सोचका साथ यसमा एआई ट्रिपल क्यामेरा पनि दिइएको छ ।

 

‘स्टाइल र कार्य क्षमताको कुरा गर्दा ओपो ए१६माकुनै सम्झौतागरिएको छैन । ट्रेण्डी डिजाइन सहितको यो फोनमा सक्रियअवस्थामाअमूल्यपललाई तस्विरमा कैद गर्ने कार्यमा सहजताका लागि उच्च कोटीको ट्रिपल क्यामेरापनिदिइएको छ । यसमाप्रयोग गरिएको ५ हजार एमएएचक्षमताकोब्याट्रीले प्रयोगकर्तालाई ब्याट्री सक्किने चिन्ता बिना आफ्नो दैनिकीकामज्जालिन सघाउँछ ।’ ओपो नेपालका ब्राण्ड डिरेक्टर पियरसन शेनले भने ।

डिजाइन
क्रिस्टल ब्ल्याक, पर्ल ब्ल्यू र स्पेस सिल्भर गरी तीनआकर्षक रंगमा उपलब्ध गरिएको ओपो ए१६मा उपभोक्ताका गोपनियताको सुरक्षार्थ फेसका साथै साइड फिंगरप्रिन्ट रिकग्निशन सुविधा पनि दिइएको छ ।

क्यामेरा
ओपो ए१६मा हरेक अवस्थामा प्रयोगकर्ताले सहजै आफ्ना अमूल्यपलहरु तस्विर तथा भिडियोका रुपमा सहजै कैद गर्न सकुन् भन्ने तिर विशेष ध्यानदिएको छ । यसका लागिकम्पनीले फोनमा १३एमपी मेन क्यामेराका साथमा २एमपी डेप्थ (बोके) र २एमपीमाक्रो क्यामेरा पनि उपलब्ध गराएको छ । स्पष्टतथाचहकिला सेल्फीकालागिफोनमा ८एमपीक्षमता सहितधको फ्रण्ट क्यामेरापनिदिइएको छ ।

ब्याट्री र रोम
ओपो ए१६ले प्रयोगकर्तालाई ५ हजार एमएएचक्षमताको लामो समयसम्म टिक्ने ब्याट्रीका साथमापर्याप्त सञ्चय क्षमता पनि उपलब्ध गराएको छ । यसकाप्रयोग गरिएको उर्जा खपतन्यूनिकरणमा सघाउन प्रशस्तफिचर्स सहितको ठूलो ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्रीको चिन्ता रहितफोन प्रयोग गर्ने अवसर प्रदान गर्छ । ब्याट्रीलाई १००% चार्ज गरिसके पछि ३४ घण्टाको कल टाइम वा २१.०२ घण्टा यूट्यूब भिडियो प्लेब्याकको मज्जालिन सकिन्छ ।

 

प्रयोगकर्ताले पर्याप्त सञ्चयक्षमताका साथविनाकुनै सम्झौताआफ्ना फाइलहरु (तस्विर, भिडियो लगायत) सुरक्षितरुपमा सञ्चितगर्न सकुन् भन्ने सोचका साथ ए१६को यस नयाँभ्यारियण्टमा ४जीबी ¥याम र ६४जीबी रोमको ब्यवस्थागरिएको छ । साथै, अतिरिक्त सञ्चयक्षमताको आवश्यकता परेमाफोनमा २५६जीबी सम्मको एसडी कार्ड मार्फत सञ्चयक्षमतालाई थपविस्तार गर्ने सुविधापनिफोनमाउपलब्ध रहेको छ ।

 

बजार उपलब्धता
नेपालीबजारमाओपो ए१६को नयाँ ४जीबी+६४जीबीभ्यारियण्ट माघ महिनाको २६गतेदेखि नै उपलब्धभइसकेको छ । मूल्य रु. २२,९९०÷— निर्धारण गरिएको यो फोन नेपाल भर रहेका ओपोका प्रमुखविक्रि केन्द्रहरु मार्फत सहजै खरिद गर्न सकिन्छ ।