२०८१ बैशाख २६ , बुधवार

नेपालमा देखिएको बर्डफ्लु मानिसमा पनि सर्न सक्छ, यस्ता छन् लक्षण : स्वास्थ्य मन्त्रालय

सुनाखरी न्युज/ काठमाडौं – नेपालमा अहिले कुखुराहरूमा  देखिएको बर्डफ्लु मानिसमा पनि सर्न सक्ने भन्दै सजग रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ र चितवनको राप्ती नगरपालिका–६ स्थित कृषि फार्ममा पालिएका कुखुराहरूमा बर्डफ्लु पुष्टि भएको थियो । ती कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु एचपीएआईको (एच ५ एन १, एभिएन इन्फ्लुएन्जा) प्रजाति पुष्टि भएको र सो संक्रमण मानिसमा पनि सर्न सक्ने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

यस्ता छन् मानिसमा देखिने बर्डफ्लुका चार लक्षणहरू;
१. १००.४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु
. सिँगान बगिरहने र नाक बन्द हुनु
३. घाँटी दुख्नु, रुघा लाग्नु
४. श्वासप्रश्वासमा समस्या आउनु ।

 

शंकास्पद पक्षीको सम्पर्कमा आएका व्यक्तिहरूले नजिकैको स्वास्थ्य केन्द्रमा जानकारी गराई संक्रमण भए/नभएको पहिचान गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । त्यस्ता पक्षीको सम्पर्कमा आएका व्यक्तिहरू कम्तीमा १० दिन आइसोलेसनमा बस्न मन्त्रालयको अनुरोध छ ।