२०८१ जेठ ४ , शुक्रवार

सिप्रदीको पाचौं समूहको निःशुल्क ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं – सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को सामाजिक उत्तरदायित्वविङ सिप्रदीयन सहायता संस्थाको सहकार्यमा संचालनभएको निःशुल्क ६ महिने अटो–इलेक्ट्रिसियन तालिम पाचौं समूहगत माघ २८ गते सम्पन्न भएको छ ।

दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष राजनबाबु श्रेष्ठ र प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले उत्कृष्ट प्रशिक्षार्थीहरु लाई प्रमाण पत्र र पुरस्कार प्रदान गर्नु भएको थियो । समारोहमा प्रशिक्षार्थीहरु लाई बधाई दिदंै प्रमुख कार्यकारी अध्यक्ष राजनबाबु श्रेष्ठले अटोमोबाइल क्षेत्रमा द्रुतगतिमा नयाँ प्रविधिको प्रवेश हुन गईरहेको अवस्थामा अटो इलेक्ट्रिसियनका लागि रोजगारको उत्कृष्ट अवसरहरु रहेको जानकारी दिनुभएको थियो ।

 

सम्पूर्ण१० प्रशिक्षार्थीहरुले सिप्रदीको नेपालभर रहेका वर्कशपहरुमा रोजगारीकोअवसर प्राप्त गरेका छन्।उक्त ६ महिने अटो–इलेक्ट्रिसियन तालिमसिप्रदी ट्रेनिङ्ग सेन्टरले निशुल्क प्रदान गर्दै आईरहेको छ।