२०८१ बैशाख २६ , बुधवार

थप १३ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आईपुग्यो

सुनाखरी न्युज/ काठमाडौं – नेपालमा थप १३ लाख १२ हजार ८० डोज कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप आएको छ ।

 

बेलायतले कोभ्याक्स सुविधाबाट २१ लाख ७४ हजार १६० डोज खोप पठाएको हो । जसमध्ये ८ लाख ६२ हजार ८० डोज खोप यसअघि नै आइसकेको छ । बाँकी रहेको १३ लाख १२ हजार ८० डोज खोप आज नेपाल आइपुगेको हो ।