२०८१ जेठ ८ , मंगलबार

आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुन–चाँदीको भाउ आज सोमबार स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार रुपैयाँ कायम भएको छ।

 

हिजो तोलामा १ हजार ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँ बढेर चाँदी १ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।