२०८१ जेठ ७ , सोमवार

टेड्र युनियन काँग्रेस पूर्व केन्द्रिय प्रतिनिधि र नेपाल प्रहरीका पूर्व एसपी काँग्रेस (वी.पी.) मा प्रवेश

सुनाखरी न्युज/ काठमाडौं – नेपाली काँग्रेस निकट शुभेच्छुक संस्था नेपाल शिक्षक संघका पूर्व विशिष्ठ सदस्य तथा टेड्र युनियन काँग्रेसका केन्द्रिय प्रतिनिधि मोहन पुडासैनी र नेपाल नेपाल प्रहरीका पूर्व एसपी नारायण भण्डारी नेपाली काँग्रेस (वी.पी.) मा प्रवेश गरेका छन् |

पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा नेपाली काँग्रेस (वी.पी.) का सभापति सुशीलमान शेरचनले उहाँहरुलाई टिका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए |

पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश पछि पुडासैनी र भण्डारीले आफ्नो भनाई राख्नु हुदै नेपाली काँग्रेस (वी.पी.) मा प्रतिबद्वताका साथ लाग्ने बताउनु भएको थियो | पार्टीका तर्फबाट केन्द्रिय सदस्य शिव प्रसाद सिमखडा र बरिष्ठ उप-सभापतिद्वय गोविन्द प्रसाद शर्मा, झलकनाथ वाग्ले र सभापति सुशीलमान शेरचनले पार्टीको बारे जानकारी दिनु हुदै आफ्नो धारणा राख्नु भएको थियो |