२०८१ बैशाख ८ , शनिवार

फाइजर खोप छुटेकाहरूलाई गोकर्णेश्वरका यी ठाउँमा लगाइँदै

सुनाखरी न्युज/ काठमाडौं – गोकर्णेश्वर नगरपालिकामा कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउन छुटेका किशोरकिशोरीलाई भोलिदेखि खोप लगाइने भएको छ ।

 

आज एक सूचना जारी गर्दै नगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहकालाई फाइजर खोपको पहिलो र दोस्रो डोज लगाइने जनाएको हो ।गोकर्णेश्वर नगर अस्पताल गोकर्ण, नयाँपाटी स्वास्थ्यचौकी नयाँपाटी, बालुवा स्वास्थ्यचौकी बालुवा, जोरपाटी स्वास्थ्य चौकी आरुबारी र सहरी स्वास्थ्य केन्द्र जोरपाटीमा खोप लगाइनेछ । खोप कार्यक्रम बिहान ११ देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ । पहिलो डोज लगाएको २१ दिन पूरा भएका किशोरकिशोरीले भने उक्त डोज लगाएको खोप कार्ड अनिवार्य लैजानुपर्नेछ ।