२०८१ बैशाख २६ , बुधवार

कोरोना अपडेट : थपिए ५ सय २१ जना कोरोना संक्रमित, १० जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय २१ जना कोरोना संक्रमित थपिएका छन्।

 

देशभर गरिएको ६ हजार ७३ पीसीआर र ४ हजार ७८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५ सय २१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ३५ जना संक्रमित निको भएका छन्। उक्त अवधिमा १० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ९२ पुगेको छ। देशभर हाल २२ हजार ५ सय ८४ जना संक्रिय संक्रमित छन्। १सय ८१ जना आइसीयू र ३७ जना भेन्टिलेटरमा रहेको छ।