२०८१ जेठ ४ , शुक्रवार

कमल थापा पुन: राप्रपा नेपालको अध्यक्ष

सुनाखरी न्युज/ काठमाडौं – कमल थापा राप्रपा नेपालको अध्यक्ष भएका छन्। आइतबार लामाले अध्यक्ष पदबाट राजीनामा दिएपछि थापा राप्रपा नेपालको अध्यक्ष भएका हुन्।

 

केही दिन पहिले थापाले हेटौंडा पुगेर पार्टी परित्याग गरेको घोषणा गरेका थिए।‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टी मै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ,’थापाले भनेका छन्,‘राप्रपामा रहँदा पार्टीका साथी सहयोगी र शुभचिन्तकबाट प्राप्त सहयोग, सद्भाव र स्नेह प्रति म सदैव आभारी रहने छु।

 

पार्टीमा रहँदा बिताएका क्षणहरूप्रति म सदैव गौरव गरिरहने छु। राप्रपाका कुनै साथीहरूसँग मेरो वैरभाव छैन सबैको भलो होस् भन्ने कामना गर्दछु थापाले भने ।’