२०८१ बैशाख ३० , आइतवार

शेयर बजारमा एकैदिन १००.६७ अंकको गिरावट, यस्तो छ बजार अस्वभाविकरुपमा घट्नुको कारण !

सुनाखरी न्युज/ काठमाडौं – शेयर बजार उच्च अंकले घटेको छ । बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर बढाएसँगै शेयर बजारमा उच्च गिरावट देखिएको छ। बैंक तथा वित्तीय संस्थाहरुले फागुन १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढाएसँगै त्यसको प्रत्यक्ष असर शेयर बजारमा देखिएको हो ।

 

साताको कारोबारको पहिलोदिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१.२४ अंकले घटेर २७००.३२ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२७कम्पनीको ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३० रुपैयाँ बराबरको १ करोड, १६ लाख ६१ हजार ६३९ कित्ता शेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ समूहका परिसूचक राताम्मे भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत शेयर कर्जामा अझै कडाइ गर्ने हल्लाका कारण पनि बजारमा पहिरो गएको लगानीकर्ताको आकलन छ ।