२०८१ जेठ ५ , शनिवार

विमानस्थलबाट पाँच किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

सुनाखरी न्युज/ काठमाडौं – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पाँच किलो सुनसहित आइतबार एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

 

विमानस्थल प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार दुबईबाट हिमालय एयरलाइन्समार्फत् आएका चिनियाँ नागरिकलाई चार किलो ८४० ग्राम सुनसहित पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको एसएसपी ढकालले बताए ।

 

प्रहरीका अनुसार राहदानी नम्बर इ जे २४८३१ वाहक झाङ ली नाम गरेका ३६ वर्षीय पुरुष हुन् । उनीबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनी सुन लिएर बाहिरिने क्रममा आगमन कक्षको गेट नजिकैबाट पक्राउ परेका हुन् ।