२०८१ जेठ ५ , शनिवार

प्रतिनिधि सभाको बैठक फेरि सर्‍यो, अर्को बैठक फागुन ४ गते बस्ने

सुनाखरी न्युज/ काठमाडौं -प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ । संसद सचिवालयले आज एक विज्ञप्ति प्रकाशित गरी बैठक यही फागुन ४ गतेको लागि सरेको जनाएको हो ।

 

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा प्रतिनिधिसभा संसद बैठकको मिति फागुन ४ बुधाबार दिउँसो १ बजे बस्ने गरी तय भएको उल्लेख गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाद्वारा विशेष कारणवश संसद बैठकको मिति सार्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।।