२०८१ बैशाख २९ , शनिवार

इमर्जिङ्ग नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सुनाखरी न्युज/ काठमाडौं – माघ २६ गते बुधवारदेखि सार्वजनिक निष्कासनमा आएको इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

 

कम्पनीको आईपीओ खरिदका लागि शुक्रवारसम्म मागभन्दा साढे ४० गुणा आवेदन परिसकेको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । यो आईपीओ खरिदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय तथा मेरो शेयर सफ्टवेयर र एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।