२०८१ जेठ ५ , शनिवार

मौसम पूर्वानुमान : आज मौसम सफा रहने

सुनाखरी न्युज/ काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

 

प्रदेश नम्बर–१, वग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिनसम्म मौसम सफा रहनेछ ।

 

दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सोमबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । काठमाडौं उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ । रासस