२०८१ जेठ ४ , शुक्रवार

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता

सुनाखरी न्युज/ काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ ।

 

 

सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।महाअभियोग प्रस्तावमा काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९८ सांसदले हस्ताक्षर गरेका छन् । मन्त्रिपरिषदमा भागबन्डा खोजेको, विभिन्न मुद्दाहरूमा सौदाबाजी गरेको आरोप लागेका प्रधानन्यायाधीश जबराविरुद्ध न्याय क्षेत्रभित्रैबाट आन्दोलन भइरहेको छ।

 

जबरालाई महाभियोग लगाउन माग गर्दै यसअघि नै बारले प्रमुख दलका शीर्ष नेताहरुलाई ज्ञापनपत्र समेत बुझाएको थियो ।