२०८१ जेठ ४ , शुक्रवार

नेपाल व्यवस्थापन संघको ४१ औं बार्षिक साधारण सभा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौँ – व्यवस्थापन क्षेत्रको एक मात्र छाता संगठन नेपाल व्यवस्थापन संघको ४१ औं बार्षिक साधारण सभा काठमाण्डौंमा सम्पन्न भएको छ । हाइब्रिड विधिबाट सञ्चालन गरिएको उक्त साधारण सभामा भौतिक रुपमा र अनलाइन माध्यमबाट करिव ३ सय जना सदस्यहरुको सहभागीता रहेको थियो ।

 

संघका सभापति तथा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ४१ औं बार्षिक साधारण सभाको एक समारोहका विच समुद्घाटन गर्नुभयो । संघका प्रथम उप सभापति राजन विक्रम थापाको स्वागत मन्तव्यबाट अघि बढाइएको कार्यक्रममा नेपाल व्यवस्थापन संघका पूर्व सभापति पद्यम लाल श्रेष्ठले व्यवस्थान क्षेत्रको ४१ बर्ष देखी निरनतर रुपमा प्रकाशन हुदै आएको ब्यवस्थापन जर्नल सार्वजनिक गर्नु भयो । यसैगरी संघका द्दितीय उपसभापति सुमन पोख्रेलले नेपाल व्यवस्थापन संघको सम्पूर्ण जानकारी समेटिएको एप सार्वजनिक भएको जानकारी गराउनु भयो ।

साधारण सभामा संघका महासचि धर्मानन्द अवस्थीले संगठन प्रतिवेदन, कोषाध्यक्ष अनु जोशी श्रेष्ठले आर्थिक प्रतिवेदन र कार्यकारी निर्देशक अनिल उपाध्यायले संघले पछिल्लो एक बर्ष यता सम्पन्न गरेका विविध गतिविधिहरुका बारेमा विस्तृत रुपमा प्रकाश पार्नु भयो । यसैगरी यस बर्षको बार्षिक साधारण सभा संगै संघले अधिवेशन र नयाँ नेतृत्व चयनको कार्यलाई भने विशेष प्रस्तावबाट ६ महिना भित्र सम्पन्न गर्ने गरी सहमति जुटाइएको छ । विशेष प्रस्तावबाट हाल कायम कार्यसमितिको अवधि ६ महिना थप्दै उक्त अवधि भित्र उपयुक्त समय भित्र अधिवेशन तथा नयाँ नेृतृत्वको लागि निर्वाचन सम्पन्न गर्ने गरी निर्णय गरिएको हो ।

सम्भवतः आगामि चैत्र महिना भित्र नयाँ नेतृत्व चुनीने सभापति किरण कुमार श्रेष्ठले जानकारी गराउनु भयो । नेपाल सरकारले तोकेको मापदण्डलाइ अबलम्बन गर्ने क्रममा संघको पूर्वघोषित निर्वाचन भौतिक उपस्थितीमा सम्पन्न गर्न नसकिएको सभापति किरण कुमार श्रेष्ठले जानकारी गराउनु भयो । यसका साथै नेपाल व्यवस्थापन संघले पूर्व घोषित सिइओ सम्मलेन, राष्ट्रिय व्यवस्थापन सम्मेलन र अवार्ड कार्यक्रम पनि आगामि चैत्रमा सम्पन्न गर्ने गरी तयारी भइरहेको संघका सभापति किरण कुमार श्रेष्ठले जानकारी गराउनु भयो ।