२०८१ जेठ ४ , शुक्रवार

नुवाकोट पंचकन्या ५ वाट कांग्रेस परित्याग गरि राप्रपामा प्रवेश

सुनाखरी न्युज/ काठमाडौँ – नेपाली कांग्रेस परित्याग गरि नुवाकोट पंचकन्या ५ वाट राप्रपामा प्रवेश गरेका छन । प्रवेश गर्नेमा धन नाथ, सिटौला,सुदिप सिटौला,कर्ण प्रसाद सिटौला,शिव राज सिटौला लगायतका व्यक्तीहरु राप्रपा प्रवेश गर्नु भएको राप्रपा केन्द्रिय सदस्य जनकराज पाठकले जानकारी दिनु भयो ।

 

नव प्रवेशिहरु लाई राप्रपा पुर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पार्टी सदस्यता दिदै प्रवेश गराएका हुन । नेपाली कांग्रेस परित्याग गरि नुवाकोटको पंचकन्या ५ वाट राप्रपामा आएकाहरु लाई आज स्वागत गर्दै राप्रपा पुर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले भने अहिलेका राजनीतिक दलहरुको मुलधार नै भ्रष्टाचार भएको र यसको निकासको निमित्त राप्रपा ससक्त ढंगले नयाँ नेतृत्व सहित उपस्थिति भएको वताउदै राप्रपाको प्रतिको देशव्यापी जनसमर्थनले अन्य दलहरु तिलमिलाइरहेको वताउनु भयो। राजसंस्था सहितको हिन्दराष्ट्र राप्रपाको स्पस्ट मार्गचित्र रहेको वताउदै राप्रपा आफ्नो मुलमुद्दा स्थापनार्थ शसक्त ढंगले आउने वताउनु भयो।

 

नुवाकोटको समग्र विकासमा राप्रपाको उल्लेख्य योगदान रहेको चर्चा गर्दै विकासका अधुरा कामहरु पुरागर्न तयार रहेको वताउनु भएको छ। सबै नवप्रवेशिहरु लाई लोहनिले भने सधै म हजुरहरुको साथमा छु । आउदो चुनावमा राप्रपा लाई जिताउन हजुरहरुको साथ प्रती म कृतज्ञ छु भन्नु भएको छ ।