२०८१ जेठ २ , बुधवार

एनसेलले घटायो लोकल कलको महसुल दर

सुनाखरी न्युज/ काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर कर बाहेक रु १.९९ प्रति मिनेटबाट घटाइ कर बाहेक प्रति मिनेट रु १.६२ कायम गरेको छ । प्रिपेड ग्राहकहरूका लागि लागू भएको यो नयाँ महसुल दरले देशभर समान रुपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दर अन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ ।

 

यो परिमार्जित नयाँ महशुल दर शुक्रबार ९माघ २८० बाट लागू भएको हो । नयाँ महसुल दरको लाभ लिनका लागि ग्राहकहरुले  एष्ट्रिक्स् १७१०७ ह्यास डायल गरि सेवा निःशुल्क सुचारु गर्न सक्छन् । यो नयाँ महसुल दर २०७९ साउन २४ गते सम्म लागु रहने कम्पनिले जनाएको छ ।