२०८१ बैशाख १३ , बिहिवार

यूएईसँग नेपालको हार

सुनाखरी न्युज/ काठमाडौँ ।
नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा युएईविरूद्ध २५ रनको पराजय बेहोरेको छ । १ सय ९३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १ सय ६७ रनमात्र बनाउन सक्यो ।

नेपालले अघिल्लो खेलमा शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो । नेपालले सोमबार आयरल्यान्डसँग प्रतियोगिताको अन्तिम खेल खेल्ने छ । यसअघि पावर प्लेको ६ ओभरमा युएईले १ विकेट गुमाइ ६० रन जोडेर आक्रामक सुरुआत गरेको यूएईले चिराग सुरी र रोहन मुस्ताफाको सानदारमा १९२–३ को मजबुत स्कोर बनाएको थियो ।

ओमानको राजधानी मस्कटमा नेपालले ओमानसँगको टोलीबाट तीन खेलाडी परिवर्तन गरेको छ । प्रदीप ऐरी, अविनाश बोहरा र सागर ढकालको स्थानमा लोकेश बम, जितेन्द्र मुखिया र शाहवलाई खेलाइएको छ । नेपालले लगातार दोस्रो खेलमा पनि प्रमुख खेलाडीद्वय कुशल भुर्तेल र करण केसीलाई खेलाएको छैन ।

साता सुरु हुने ट्वान्टी–२० विश्वकपको छनोटको तयारीको रुपमा नेपालले यो प्रतियोगिता खेलिरहेको छ । विश्वकप छनोटको खेलहरू पनि मस्कटमै हुनेछ ।