२०८१ जेठ ५ , शनिवार

राजस्व संकलन लक्ष्यभन्दा बढी, ६ महिनामै उठ्यो ५ खर्ब ७६ अर्ब

सुनाखरी न्युज/ काठमाडौं ।

चालु आर्थिक आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले राजस्व संकलन लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।  यस अवधिमा  सरकारले कुल ५ खर्ब ७६ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा १०३ प्रतिशत प्रगति हो ।

साउनदेखि पुस मसान्तसम्ममा ५ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । यसमध्ये अन्तःशुल्कबाट मात्र ८५ अर्ब भन्दा माथि राजस्व उठेको छ । यस्तो राजस्व अन्तःशुल्कमा दर्ता भएका मदिरा, वियर, चुरोट तथा अन्य सुर्तीजन्य पदार्थमा लाग्ने शुल्कबाट संकलन हुन्छ । साथै यस्तो वस्तुको पैठारीमा समेत अन्तःशुल्क लाग्ने गर्छ ।

अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार पहिलो ६ महिनामा आन्तरिक उत्पादनतर्फ ५० अर्ब ७२ करोड र पैठारीतर्फ ३४ अर्ब ५१ करोड गरी कुल ८५ अर्ब २३ करोड अन्तःशुल्क राजस्व उठेको हो । यो वर्ष आन्तरिक उत्पादनतर्फ उठेको अन्तःशुल्क गत आवको यसै अवधिको तुलनामा ३४।०४ प्रतिशत बढी हो ।

समग्र अन्तःशुल्कमा ४३ प्रतिशतको वृद्धि देखिएको अर्थ मन्त्रालयले जनाएको छ । नेपालको कर संकलनमा अन्तःशुल्कको हिस्सा १७।०६ प्रतिशत रहेको देखिन्छ ।

लनामा बढी संकलन भएपनि यो वर्षको लक्ष्यको तुलनामा भने कम संकलन भएको हो । पहिलो ६ महिनामा संकलन भएको अन्तःशुल्क यस अवधिमा उठाउने भनि लिइएको लक्ष्यको ९५।३० प्रतिशत मात्र हो ।

यो वर्ष उठेको समग्र राजस्वको संरचनामध्ये मूल्य अभिवृद्धि कर (भ्याट) लक्ष्यको १०३.६० प्रतिशत संकलन भएको छ । अन्य शीर्षकको राजस्व भने लक्ष्यको हाराहारी पुगेको छ ।