२०८१ जेठ ५ , शनिवार

ब्याजदर बढाउने सहमतिप्रति उद्योग वाणिज्य महासंघको आपत्ति !

सुनाखरी न्युज/ काठमाडौं ।

निक्षेपको ब्याजदर बढाउन वाणिज्य बैंकहरुबीच भएको भद्र सहमतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आपत्ति जनाएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघले शुक्रबार निक्षेपको ब्याजदर बढाएर ११.०३ प्रतिशत बनाउने भद्र सहमति भएको थियो ।

यो भद्रसहमति भएको समाचार बाहिरिएपछि एफएनसीसीआईले प्रेस विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको छ । यो सहमति तत्काल स्थगन गर्न समेत आग्रह गरिएको छ । अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्र र उद्योगी व्यवसायीले लिएको ऋणको ब्याज दर पुन बढेमा यो क्षेत्र थप धरासायी हुने र सम्पूर्ण उद्योगी व्यवसायी सडकमा आउने परिस्थिति सृजना हुने हो कि भन्नेमा निजी क्षेत्रको चिन्ता रहेको विज्ञप्तिमा उल्लेख छ ।