२०८१ जेठ ५ , शनिवार

कोरोना अपडेट : एकै दिन थपिए १ हजार १ सय २८ जना कोरोना संक्रमित, १४ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

मन्त्रालयका अनुसार १७ हजार ४ सय ४७ पीसीआर परीक्षणमा जम्मा ६ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै गरी तीन हजार ५ सय ४२ एन्टिजेन परीक्षणमा ४ सय ६२ जना गरी कुल १ हजार १ सय २८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । उक्त अबधीमा १४ जनाको मृत्यु भएको छ । त्यस्तै २ हजार २ सय १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ४ सय ४१ जना रहेको छ ।