२०८१ जेठ ४ , शुक्रवार

करिब डेढ करोड भारुमा सार्वजनिक भयो बिएमडब्ल्यू एम-४

सुनाखरी न्युज/ काठमाडौं – बिएमडब्ल्यू ग्रुप इन्डियाले बिहीबार नयाँ गाडी सार्ववनिक गरेको छ। कम्पनीले भारतीय बजारमा बिएमडब्ल्यू एम-४ कम्पिटिसन कुप सार्वजनिक गरेको हो।

 

भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार एम-४ लक्जरी कार हो। नयाँ एम-४ ग्रे, निलो, कालो, पाउलो पहेंलो, रातो र सेतो गरी विभिन्न रंग विकल्पमा उपलब्ध छ। गाडी बाहिरी आवरण निकै आकर्षक छ। यसमा चकिलो एडप्टिभ एलइडी हेडलाइट छ। यसमा भएको अगाडिको ग्रिलले पनि गाडीको लुक्सलाई सानदार देखाएको छ। बिएकडब्ल्यू एम-४ को क्याबिन फराकिलो छ। यसमा विद्युतीय सिट एड्जस्टमेन्टको विशेषता पनि छ। गाडीमा थ्रि-डी नेभिगेसनसहितको बिएमडब्ल्यू अपरेटिङ प्रविधि ७.० छ। त्यस्तै, यसमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले छ।

 

गाडीमा १६ वटा स्पीकरहरू पाउन सकिन्छ। यसमा १९ इन्चको पांग्रा छ, जुन हेर्दा पनि निकै स्टाइलिस छ। एम-४ कम्पिटिसन कुप ३.० लिटरको इन्जिन जडित छ, जसले ५१० एचपी पावर र ६५० एनएम टर्क जेनेरेट गर्छ। यसमा ८ स्पीड गियरबक्स छ। गाडीमा २,८५७ एमएम ह्विलबेस छ। कम्पनीले नयाँ एम-४को बजार मूल्य भारु १ करोड ४३ लाख ९० हजार तोकेको छ। यो भनेको नेपाली २ करोड ३० लाखभन्दा बढी हुन्छ। कम्पनीका अनुसार हालसम्म बाजरमा बिएमडब्ल्यू एम-४को प्रतिस्पर्धी औडी आरएस-५ स्पोर्टस्ब्याक मात्र छ। एजेन्सी