२०८१ बैशाख १५ , शनिवार

अमेरिकी नागरिकलाई युक्रेन छोड्न बाइडनको आग्रह

सुनाखरी न्युज/ काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी सैन्य कारबाहीको बढ्दो खतरालाई उद्धृत गर्दै युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल उक्त देश छाड्न आग्रह गरेका छन् ।

 

बाइडनले यदि मस्कोले युक्रेनलाई आक्रमण गरे अमेरिकी नागरिकलाई उद्धार गर्न फौज नपठाउने बताएका छन् ।“अमेरिकी नागरिकले अब (युक्रेन) छोड्नुपर्छ,” बाइडनले एनबीसी न्युजसँग भने । उनले त्यस क्षेत्रमा अवस्था छिट्टै भयानक हुनसक्ने चेतावनी दिएका छन् । “हामी संसारको सबैभन्दा ठूलो मध्येको एक सेनासँग व्यवहार गर्दैछौँ । यो एकदमै फरक स्थिति हो र घटनाक्रमहरू छिट्टै भयानक हुन सक्छन् ।”

बिहीबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले तनावका बीच दशकौँमा युरोपले सबैभन्दा ठूलो सुरक्षा संकट सामना गरेको बताएका थिए । अमेरिकी विदेश मन्त्रालयले पनि युक्रेनमा रहेका अमेरिकीहरूलाई तत्कालै देश छाड्न आग्रह गरेको छ । अमेरिकाले बिहीबार ‘रुसी सैन्य हमलाको बढ्दो जोखिम देखिएको’ जनाएको छ ।  बीबीसी