२०८१ बैशाख १२ , बुधवार

बढ्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो । बिहिबार पनि सुनको मूल्य तोलामा पाँच सयले बढेको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२८० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।