२०८१ जेठ ४ , शुक्रवार

भ्यालेन्टाइन डेमा जगदम्बा मोटर्सको टीभीएस स्कुटरमा नयाँ योजना

सुनाखरी न्युज/ काठमाडौं – टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेका अवसर पारेर आफ्नो सम्पूर्ण टीभीएस स्कुटरहरुमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ।

 

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआई लगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिक्रीवितरण गर्दै आइरहेको छ। स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो। यस योजनाको थिम ‘लभ इज जस्ट अ कल अवे’ रहेको छ। यस योजनाअन्तर्गत ग्रामकले कुनै पनि मोडलको नयाँँ टीभीएस स्कुटर खरिदमा रु. ६ हजारसम्मको स्योरसट नगद छुटका साथै हरेक दिन लक्की ड्रमार्फत एउटा रियलमी स्मार्टफोन जित्न सक्ने मौका पाउनेछन्।

 

लक्की ड्र हरेक दिन जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेज (https://www.facebook.com/jmtvs) मार्फत हुनेछ। यस योजना अन्तर्गत ग्राहकले ४० प्रतिशत डाउन पेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमै स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। यो योजना माघ २५ गतेदेखि फागुन ६ गतेसम्म लागू हुनेछ।