२०८० चैत्र १६ , शुक्रवार

प्रभु क्यापिटलद्वारा ग्लोबल मार्केट प्रतिवेदनको प्रकाशन थालनी

सुनाखरी न्युज/ काठमाडौं – प्रभु क्यापिटलले नेप्सेमिटर अन्तर्गत साप्ताहिक तथा मासिक प्रतिवेदन प्रकाशित गरी नेपाली पुँजी बजारमा भइरहेको कारोबारदेखि विभिन्न घटनाहरुको बारेमा लगानीकर्ता लाई सुसूचित गर्दै आएको छ। यसै क्रममा नयाँ अंग्रेजी वर्ष २०२२ को फेब्रुअरी १० बाट लगानीकर्तालाई अन्तर्राष्ट्रिय बजारमा भएका विभिन्न आर्थिक घटना तथा क्रियाकलापहरुलाई समेटर मासिक रुपमा ग्लोबल रिर्पोट प्रकाशित गर्न थालनी गरेको छ।

 

क्यापिटलले जनवरी महिनाको मासिक ग्लोबल मार्केट प्रतिवेदन आज मिति माघ २७ गते पहिलो संस्करण प्रकाशित गरेको छ। प्रकाशित मासिक ग्लोबल रिपोर्टलाई लगानीकर्ता तथा पाठकले प्रभु क्यापिटलको वेबसाइटमा रहेको Knowledge Center (https://www.prabhucapital.com/knowledge-center) का साथै क्यापिटलले सञ्चालन गरेका सोशल मेडिया प्लेटफर्महरु (भाइबर, फेशबुक, लिंकडिन, टविटर) बाट सजिलै पढ्न सक्नेछन्।

 

मासिक ग्लोबल प्रतिवेदनमा क्यापिटलले विभिन्न आर्थिक क्षेत्रहरु जस्तै– ग्लोबल मार्केट परिसूचक, कमोडिटी बजार, वैदेशिक मुद्रा विनिमय बजार तथा क्रिप्टो बजार) लाई समेटेर रिपोर्ट प्रकाशित गर्नेछ। यो रिपोर्ट अंग्रेजी महिनाको पहिलो सप्ताहमा प्रकाशित गरिने क्यापिटलले जनाएको छ।