२०८१ बैशाख १४ , शुक्रवार

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

 

मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई हजार २३८ रहेको छ भने कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।