२०८१ जेठ ६ , आइतवार

चुनावका लागि ५० अर्ब रूपैयाँ बजेट माग छ : अर्थमन्त्री शर्मा

सुनाखरी न्युज/ काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि मात्रै ५० अर्ब रूपैयाँ बजेट माग रहेको बताएका छन् ।

 

आर्थिक वर्ष २०७८/७८को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ छुट्याइएको बताए । ‘अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन गर्दैछौं,’ उनले भने,’ स्रोत व्यवस्थापनमा चुनौती छ ।’ सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरेको छ । यसका लागि निर्वाचन आयोगले मात्रै १२ अर्बभन्दा बढी खर्च हुने अनुमान गरेको छ ।