२०७९ माघ २१ , शनिवार

नेप्सेमा निरन्तर गिरावट, आज पनि घट्यो ११.९६ अंकले

सुनाखरी न्युज/ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निरन्तर गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन आज बिहिबार पनि नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ ।

आज नेप्से ११.९६ अंकले घटेर दुई हजार ८ सय १ दशमलब ५६ विन्दुमा झरेको हो । बुधबार नेप्से २२.११ अंकले घटेर दुई हजार ८ सय १३ दशमलब ४७ विन्दुमा झरेको थियो । त्यस्तै, आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज ३ अर्ब ८२ करोड ९५ लाख बराबरको कारोबार भएको छ । बुधबार ३ अर्ब ४७ करोड ११ लाख बराबरको कारोबार भएको थियो ।

 

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरु मध्ये नबिल इक्युटि फण्डको शेयरमूल्य भने बढेको छ । त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ४ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज २५ करोड ४८ लाख भन्दा बढीको कारोबार भएको छ ।