२०८१ बैशाख ६ , बिहिवार

कियाका यी गाडीहरूमा आगो लाग्न सक्नेभन्दै घर बाहिर पार्क गर्न सल्लाह

सुनाखरी न्युज/ काठमाडौं – किया गाडीहरूमा आगो लाग्ने खतरा रहेको देखिएको छ । दक्षिण कोरियाको अटो कम्पनीहरूले अमेरिकामा रहेका करिब ५ लाख कार र एसयूभी मालिकहरूलाई घरबाहिर पार्क गर्न सल्लाह दिएका छन् ।

 

यी कारहरू आगोको खतरामा छन्। तिनीहरूले पार्किङमा आगो पनि समात्न सक्छन् । एक रिपोर्टका अनुसार कियाले अमेरिकामा आफ्ना धेरै कार र एसयूभी फिर्ता गरिरहेका छन् । यी सवारी साधनमा प्राविधिक गडबडीका कारण एन्टी लक ब्रेक कम्प्युटर कन्ट्रोल मोड्युल सर्ट भएर इन्जिनमा आगलागी हुन सक्ने उनीहरुको भनाइ छ । रिकलले २०१४–२०१६ किया स्पोटेज, २०१६–२०१९ किया के ९०० गाडीहरूमा आगो लाग्न सक्ने भन्दै कम्पनीले घर बाहिर पार्क गर्न सुझाव दिएको छ । जसमा १२७,,७४७ किया गाडीहरू छन् । कुनै मानवीय क्षति नभए पनि यसबाट कुल ११ आगलागीका घटना भएका छन् ।

 

राष्ट्रिय राजमार्ग ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन (एनएचटीएसए)ले सवारी साधन मालिकहरूलाई सवारी उत्पादकहरूको सल्लाह पालना गर्न आग्रह गरिरहेको छ । हिँड्दा आगलागीको जोखिम बढ्न सक्ने एनएचटीएसएले जनाएको छ । त्यसैले सवारी साधन बन्द हुँदा पनि अरुबाट टाढा पार्किङ गर्नुपर्छ । डिलरहरूले यी गाडीहरूको एन्टि–क्लक ब्रेकिङ कन्ट्रोल मोड्युल जाँच गरिरहेका छन् । के त्रुटिका कारण यस्तो भइरहेको छ खोजि भइरहेको जनाइएको छ । एजेन्सी