२०८१ जेठ ४ , शुक्रवार

नाकमुखसँग आँखा पनि सुरक्षित राख्न सरकारले बच्चाहरुलाई यस्तो मास्क पठायो

सुनाखरी न्युज/ काठमाडौं – तास्मानिया सरकारले लामो समयपछि स्कुल फिर्ता भएका बालबालिकालाई एउटा विशेष कोभिड प्याकेज पठाएको छ । तर त्यसमा बच्चाहरुलाई भनेर दिइएको मास्क तिनको नाकमुख सहित आँखा पनि छोप्ने भएपछि यतिबेला सरकार पक्षको मजाक बनेको छ ।

 

 

नाकमुख सँगै आँखालाई पनि सुरक्षित राख्न यस्तो पठाएको हो कि भनेर धेरैले सामाजिक संजालमा ठट्टा गरेका छन् । त्यस्तै धेरैले आफ्नो बच्चाले त्यो मास्क लगाएको तस्बिरहरु पनि राखिरहेका छन् जुन देशभर भाइरल बनेको छ । यसरी अभिभावकले बारम्बार अनुरोध गरेपछि मात्र प्रारम्भिक स्कुलका विद्यार्थीहरुलाई सानो आकारको मास्क उपलब्ध गराइने सुनिश्चित भएको छ । सो मास्कले झन्डै कान पनि छोपेर सुरक्षा दिने भन्दै एक व्यक्तिले सामाजिक संजालमा ट्रोल गरेका छन् ।

 

अभिभावकहरुले सरकारको तर्फबाट यो कुनै ‘जोक’ हो कि भनेर पनि प्रश्न गरेका छन् । प्रारम्भिक तहका विद्यार्थीहरुलाई कक्षामा मास्क लगाउन अनिवार्य गरिएको छैन । तरपनि कसैले लगाउन चाहेमा सजिलै उपलब्ध होस् भनेर सरकारले ६ लाख बढी सानो खालको सर्जिकल मास्क पठाएको थियो । यसमा १२ वर्ष भन्दा माथिको उमेरका विद्यार्थीले चाहिँ अनिवार्य मास्क लगाउनैपर्छ भने स्कुलमा आउने अन्य जोकोहीका लागि पनि मास्क लगाउन अनिवार्य गरिएको छ ।  एजेन्सी