२०८१ बैशाख १२ , बुधवार

पर्यटन मन्त्री आले विरुद्ध सर्वोच्चमा मुद्दा दायर

सुनाखरी न्युज/ काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले मुद्दा दायर गरेका हुन् ।

सिइओ रेग्मीले दायर गरेको मुद्दामा सर्वोच्चले गत पुस १४ गते आफूलाई निलम्बन गर्ने बोर्ड सञ्चालक समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो ।

आदेशको अर्को फैसला नै नआएको अवस्थामा बोर्ड सञ्चालक समितिले छानबिनको नाममा प्रतिवेदन बुझाउनुका साथै स्पष्टीकरणसमेत सोध्ने काम गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका छन् ।