२०८१ जेठ ५ , शनिवार

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

सुनाखरी न्युज/ सिन्धुपाल्चोक – मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

 

 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला साविक कुविण्डे गाविस–६ का हाल चौतारा साँगाचोकगढी नगरपालिका–४ बस्ने ५० वर्षीय चोपनाथ नेपाल रहेका छन् । उनलाई लुकीछिपी कुविण्डे क्षेत्रमा बसेका छन् भन्ने सूचनाका आधारमा बुधबार बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बस्नेतले जानकारी दिए ।

 

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतको वि.सं २०५८ पुस १६ गतेको फैसलाले नेपाललाई एक वर्ष ६ महिना कैद सजाय तोकेको थियो । जिल्ला अदालतको बुधबार २६ गतेको आदेशले निजलाई लागेको कैद सजाय असुलका लागि बुधबार नै कारागार कार्यालय चौतारा चलान गरेको प्रनाउ बस्नेतले बताए ।  रासस