२०८१ जेठ ८ , मंगलबार

डिशहोमले ल्यायो ६०० एमबीपिएस स्पीडको इन्टरनेट

सुनाखरी न्युज/ काठमाडौं – डिशहोम फाइबरनेटले ६०० एमबीपिएस स्पीड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ । डिशहोमले हाई स्पीड इन्टरनेट प्रयोगकर्ताहरुको लागि ३०० र ६०० एमबीपिएस स्पीडको इन्टरनेट प्याकेज ल्याएको हो ।

 

नेपालमा नै पहिलो पटक लेटेस्ट वाइफाइ टेक्नोलोजीको वाइफाई ६ राउटर र मेस नोड मार्फत ग्राहकहरुले हाई स्पीड इन्टरनेटको मज्जा लिन सक्नेछन् । डिशहोमले ल्याएको वाइफाई ६ राउटर अहिले बजारमा पाइने राउटर भन्दा ४ गुणा फास्टार स्पीडमा चल्ने कम्पनीले दाबी गरेको छ ।