२०८१ जेठ ४ , शुक्रवार

जाडोमा चिसोबाट कसरी बच्ने ?यस्तो छ उपाय

सुनाखरी न्युज/ काठमाडौं –

मौसम फेरबदल हुँदा खानपानलगायतका कुरामा ध्यान पुर्याउन सके चिसोबाट हुने जोखिमबाट बच्न सकिन्छ ।
तापक्रम घटेसँगै चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ । यस्तो बेला शरीरलाई गाह्रो हुन्छ ।

 

चिसोबाट कसरी बच्ने ?
–न्यानो कपडा लगाउने
–आगो ताप्ने ।
–मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने ।
–समस्या परेमा स्वास्थ्य जाँच गराउने ।
–यो मौसममा शरीरमा पानी कम हुने भएकाले प्रशस्त मात्रामा तातो पानी पिउने ।
–चिसो खानेकुरा सकेसम्म नखाने, तातो र ताजा खाना खाने ।
–धेरै मात्रामा झोलिलो खानेकुरा खाने ।
– धेरै नुनिलो नखाने
–पौष्टिक खानेकुरामा जोड दिने ।
–बालबालिका तथा वृद्धवृद्धालाई तेल मसाज गरिदिने ।

 

चिसोकोबाट हुने असर
–रुघाखोकी लाग्ने सम्भावना धेरै हुन्छ ।
–शरीरलाई बाहिरी वातावरणमा समायोजन हुन गाह्रो हुन्छ ।
–मुटु तथा हाडजोर्नीको समस्या छ भने बल्झिने हुन्छ ।
–युरिक एसिड, दमलगायतका रोग छ भने बल्झिने हुन्छ ।
–पहिलादेखिको रोगीलाई भने झन् धेरै असर गर्छ ।
–चिसोका कारण रक्तनली साँघुरिएर रक्तप्रवाहमा असर गर्छ । यसले हृदयाघातको सम्भावना बढेर जान्छ ।