२०८१ जेठ ६ , आइतवार

चाँदी जस्तो देखिने ३ किलो सेतो धातु सहित १ जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं – दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङबाट चाँदी जस्तो देखिने ३ किलो सेतो धातु सहित काठमाडौं न्यूरोड बस्ने भारत वेस्ट बङ्गाल घर भएका २६ वर्षीय पिण्टु मण्डललाई  प्रहरीले पक्राउ गरेको छ ।

 

वीरगञ्जरबाट काठमाडौं आउँदै गरेको ना.१ ज ६२५३ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार मण्डलले उक्त धातु लुकाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई उक्त धातु सहित आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।