२०८१ बैशाख १५ , शनिवार

जावा मोटरसाइकलको बीएस–सिक्स मोडलहरुमा अब ५ वर्षसम्म फ्रि सर्भिसिङ्गको सुविधा

सुनाखरी न्युज/ काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा. लि. अन्तर्गत जावा मोटरसाइकलले अब फोर्टी–टु, जावा, र पेराकको बीएस–सिक्स मोडलहरुमा ५ वर्षसम्म फ्रि सर्भिसिङ्गको सुविधा प्रदान गर्ने भएको छ ।

 

जावा मोटरसाइकल प्रेमीहरूले काठमाण्डौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ्ग, बाग्लुङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट यी मोडलका जावा बाईकहरुमा फ्रि सर्भिसिङ्गको सुविधा लिन सक्नुहुनेछ ।

 

अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाएको साथै नेपालमा पनि क्लासिक मोटरसाइकल प्रेमीहरुले निकै नै रुचाउनुभ​एको जावा मोटरसाइकलले , सबैबाट सकारात्मक प्रतिक्रिया पाईरहेको छ । यसैबीच नेपालका विभिन्न स्थानहरुमा अवस्थित शोरुमहरु मार्फत पाईने फ्रि लेबर चार्ज सुविधाले ग्राहकहरुलाई थप सहजताको प्रत्याभूति गराउने विश्वास पनि गरिएको छ ।