२०८० चैत्र १५ , बिहिवार

अर्थतन्त्रका सकारात्मक र नकारात्मक दुवै पक्ष छन्ः बैंकर ज्ञवाली

मनोज ज्ञवाली-
आर्थिक बर्ष 2078-79 को पहिलो 6 महिनाको आर्थिक सुचकांक हरु नेपाल राष्ट्र बैकले प्रकाशित गरेको छ। केहि सकारात्मक र चिन्ता गर्नुपर्ने बुदाहरु निम्नानुसार छन।
सकारात्मक:
1.निर्यात 95.5% ले बढेको छ।
2.बैदेशीक रोजगार मा जानेको संख्या 1,63,517 जनाले बृद्दि भएको छ। यसले रेमिट्यान्स बढाउन र बेरोजगारीबाट हुने समस्या हल गर्न सहयोग गर्नेछ।
3.सरकारले बजेटमा अनुमान गरे अनुरूप कर, राजश्व र आय संकलन गरेको छ। 6 महिनामा कुल रु.542 अरब संकलन भैसकेको छ।
4. मर्जर तथा एक्वीजीसन ले बैक तथा बित्तीय संस्थाहरुको संख्या घट्दै 129 पुगेको छ भने शाखा संजाल बढेर 11,215 पुगेको छ। 753 स्थानीय निकायहरू मध्य 750 वटा स्थानीय निकायमा बैंक हरुकै शाखाहरू पुगीसकेका छन।
5.कुल ग्राहस्थ उत्पादन (GDP) अघिल्लो बर्ष 2.1% ऋणात्मक रहेको मा गत बर्ष 4% सकारात्मक बृद्धि छ भने यो बर्ष सकारात्मक प्रक्षेपण छ।
6.सरकारी आयको बृद्दिदर गत बर्ष 0.2% रहेकोमा यस बर्ष 16.3% पुगेको छ।
चिन्ता गर्नुपर्ने:
1.बिदेशी विनिमय सञ्चिति बढ्दै 2077 सालमा लगभग अमेरिकी डलर 14 अरब पुगीसकेको थियो र हाल घट्दै जम्मा 9.89 अरब अमेरिकी डलर बराबर पुगेको छ। यो रकम 6.6 महिनाको बस्तु तथा सेवा आयात को पर्याप्त हुन्छ।
2. शोधनान्तर स्थिती रु.241.23 अरब ले घाटामा छ।
3. कर्जा 12% ले बढ्दा निक्षेप रकम जम्मा 3.8% ले मात्र बढेको छ।
4. नेपाल राष्ट्र बैंक को बिभिन्न बस्तुहरु आयातमा कडाईका बाबजुद आयात 51.1% ले बढेको छ ।
5. तरलता अभाव र घट्दो बैदेशीक विनिमय सञ्चितिका बाबजुद भ्रमण व्यय मै लगभग शत प्रतिशत बृद्दि भई रु 29.72 अरब पुगेको छ।
6. गत बर्ष 11.1% ले बढेको रेमिटेन्स बैदेशीक रोजगारमा जाने नेपाली नागरिकको बढ्दो संख्याका बाबजुद यो बर्ष 5.5% ले घटेर रु 468.45 अरब मात्र पुगेको छ।
7. सरकारले पुजीगत खर्च परिचालन गर्न सकेको छैन। जम्मा रु 50.8 अरब खर्च भएको छ। 16% बजेट नी खर्च हुन सकेको छैन।
8. लघु, घरेलु तथा साना उधमलाई दिइने पुनरकर्जा रु 35.38 अरब बाट घटेर रु.8.1 अरब मात्र रहेको छ। ग्राहक संख्या पनि 35,554 बाट घटेर 9,486 मात्र कायम रहेका छन।
9.बैंक हरुमा तरलताको असहज स्थीती कायमै छ। कर्जा निक्षेप अनुपात 90% माथी नै रहेको अवस्था छ।
10.बैकहरुको आधार दर बढेसंगै कर्जाको ब्याजदर बढेको छ। ग्राहकहरुले नयां कर्जा लिंदा वा कर्जा नविकरण गर्दा व्याजदर 11% माथि तिर्नुपर्ने अबस्था छ।
समग्रमा हेर्नुपर्दा अर्थतन्त्र को अवस्था चिन्ताजनक त होइन तर सम्हालिएर अघी बढ्न जनाउ गरेको अबस्था छ।
(ज्ञवालीको फेसवुकवाट साभार)